काठमाडौँ, ३ फागुन । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।
मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो । मृतक महिलाको शरीरमा कपडा नभएको अवस्थामा भेटीएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
तपाईको बिचार