काठमाडौँ, ३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आज बिहान महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भइसकेको छैन । दुर्घटनामा ३० जना घाइते भएका छन् । नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार