पत्रकार गिरीलाई सम्मान

पत्रकार गिरीलाई सम्मान

933
भक्तपुर, २ फागुन ।  साहित्य एवं पत्रकारितामा लामो समयदेखि योगदान पुर्या्उने साहित्यकार एवं पत्रकार रमेश गिरी ‘आशा’लाई नगद रु. ५००० हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा उहाँलाई वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सम्मान पत्र, कार्यक्रमका सभापति रामसुन्दर खायजुृले दोसल्ला तथा त्रिपुरा न्यूजका प्रकाशक बिकास प्रहरद्धारा माला लगाई नगद प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले समाचारको माध्यमबाट भक्तपुरलाई चिनाउन क्रियासिल रहदै आएका राससकर्मीको योगदानलाई कार्यक्रममा मूल्यांकन गरेको भन्दै समाचारमा सत्य, तथ्य र वास्तविकताको पहिचानलाई गिरीले कायम राख्दै आएको बताउनुभयो । उहाँले आफूसंगै पढेको साथी बिकास प्रहरको कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा त्रिपुरा न्यूजका प्रकाशक विकास प्रहरले साहित्य र पत्रकारितामा निरन्तर कलम चलाउदै आएका पत्रकारलाई सम्मान गर्ने सुरुवात त्रिपुरा न्यूजले गरेको बताउनुभयो । उहाँले पत्रकार एवं साहित्यकार गिरीको उपन्यास ऊ अझै मरेको छैनको बिमोचनमा आफू सहभागि हँुदा चर्चित उपन्यासका श्रष्टा गिरीलाई भेट्दा आफूलाई खुसी लागेको र अहिले उनीलाई सम्ममान गर्ने मौका मिलेको बताउनुभयो । कार्यक्रमका सभापति रामसुन्दर खाइजुले कार्यक्रममा सहभागिलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर