राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

786

काठमाडौँ, २ फागुन । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् ।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ ।

तपाईको बिचार