रौतहट, २ फागुन । ७ जना फरार प्रतिवादी लाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा दण्ड जरिबाना समेत रोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साबिक रमौली गाविस वडा ६ का रामचन्द्र बैठा, लक्ष्मी बैठा, रामाप्रवेश बैठा रहेका छन् । उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन् । उनीहरूलाई सम्बन्ध विच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै गाली बेईजती मुद्दामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको छ ।
तपाईको बिचार