पाल्पा दुर्घटना अपडेट : मृतकको संख्या १० जना पुग्यो

पाल्पा दुर्घटना अपडेट : मृतकको संख्या १० जना पुग्यो

719

पाल्पा, २ फागुन । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको  लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको  छ ।

जिल्ला प्रहरीले कार्यालय पाल्पाका अनुसार घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी  १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको  प्रहरीले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको  प्रहरीले जनाएको  छ ।

तपाईको बिचार

सम्बन्धित खबर