काठमाडौँ, २ फागुन । काठमाडौँमा मंगलबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदामा छलफल प्रारम्भ गरिएको र आज एक बजेसम्म छलफल गरी समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरिने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए। बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
तपाईको बिचार