‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक युवती पक्राउ

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक युवती पक्राउ

795

काठमाडौँ, १ फागुन । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी घर भएकी २४ वर्षीय अमिलाकुमारी साउद छिन् । आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन् । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर