सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवा खरिदमा अनियमितता देखियो : अख्तियार

सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवा खरिदमा अनियमितता देखियो : अख्तियार

903

काठमाडौँ, २९ माघ । सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका काममा अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायहरुलाई विभिन्न सुझाव दिएको छ ।

सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी काममा एकरूपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कुनै एक निकायलाई जिम्मेवारी दिन अख्तियारले सुझाव दिएको छ ।

यस्तै, खरिद गर्नुपूर्व खरिद गर्न लागेको सूचना प्रविधि प्रणालीको आवश्यकताको विश्लेषण गरी गरिएको मापदण्डको आधारमा प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, स्रोतको सुनिश्चितता, लागत अनुमान, आयोजना कार्यान्वयन, आयोजना हस्तान्तरण, आन्तरिक जनशक्तिको परिचालन, आयोजनबाट प्राप्त हुने अपेक्षित लाभको अनुमान, मर्मत सम्भार तथा सञ्चालन आदि सम्बन्धमा पूर्ण तयारी गर्न पनि अख्तियारले भनेको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर