काठमाडौँ, २६ माघ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण प्रशासन चलाउन खर्च गर्न नहुने बताएका छन् ।
आज मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले आन्तरिक ऋण उठाएर सरकारले चालु खर्चमा उपयोग गरेको भन्दै यसतर्फ सरकार सजक हुनुपर्ने बताए ।
उनले भने, “आन्तरिक ऋण सामाजिक सुरक्षामा खर्च हुनु हुँदैन । प्रशासन चलाउन खर्च हुनु हुँदैन,“ “अर्थमन्त्रीज्यूले ऋण प्रशासन चलाउन खर्च भएको छैन भनेर भन्न सक्नु हुन्छ ? ऋण प्रतिफल दिने आयोजनामा लगानी हुनुपर्छ ।” सरकारले लगानी सम्मेलन गर्ने भनेको भए पनि वातावरण बनाउन नसकेको खतिवडाको भनाइ छ ।
तपाईको बिचार