काठमाडौँ, २६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भूभागमा अहिले आंशिक बदली छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तपाईको बिचार