ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 

ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 

729

पोखरा, २५ माघ । पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैह्रेसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए । फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए । उनी नेपाल आएको एक महिना मात्र भएको प्रहरीले जनाएको छ । क्षेत्री भने बेरोजगार हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर