जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

707

काठमाडौँ, १० माघ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर