बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

765

काठमाडौँ, १ माघ । स्याङ्जाको कालीगण्डकी–७ आँधीमुहान ड्यामको भित्री सडक खण्डमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कालीगण्डकी जयपतेबाट रिडी गइरहेका ग १ ख ४१५० नम्बरको बसले आज बिहान स्थानीय ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बोटेको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर