सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

809

काठमाडौँ, १ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको बिचार