काठमाडौँ, २९ पौष । बैतडी, सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शनिबार शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको बिचार