नाबालिग बलात्कार गरेको आरोपमा एकजना पक्राउ

नाबालिग बलात्कार गरेको आरोपमा एकजना पक्राउ

735

बीरगन्ज, २९ पौष । बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बाराबाट एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको हो । बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ हो । सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई  प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको छ ।

तपाईको बिचार