जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, नौ घाइते

 जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, नौ घाइते

837

बागलुङ, २८ पौष । बागलुङमा जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ गइरहेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ की २८ वर्षीय संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते नौजनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । जीपको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

तपाईको बिचार