पाँचथरमा श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु

पाँचथरमा श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु

713

पाँचथर, २७ पौष । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको छ । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर