बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

689

उदयपुर, २६ पौष । उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का ३५ वर्षीय पत्थरसिंह राई छन् । बुधबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको राईमाथि आरोप छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर