बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

 बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

719

काठमाडौँ, २६ पौष । राजधानीको  बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका-१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी छन् । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर