५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

749

काठमाडौँ, २४ पौष । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ ।

अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो । परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा ‍औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैंकले छुट्याएको छ ।

कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडानका क्षेत्र प्राथमिकतामा परेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर