काठमाडौँ, १८ पौष । नेपाल राष्ट्र बैंकले झण्डै २३ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको आफ्नो विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित निक्षेप प्रस्ताव आह्वान गरेको छ ।
सूचना अनुसार कूल निक्षेपमध्ये १८ करोड ३३ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ३ करोड ४४ लाख रुपैयाँ ख वर्गको वाणिज्य बैंक र १ करोड १४ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याएको छ ।
तपाईको बिचार