घट्यो प्याजको मूल्य

घट्यो प्याजको मूल्य

749

काठमाडौँ, १६ पौष । बजारमा प्याजको मूल्य घटेको छ ।

चीनबाट प्याज आयात भएसँगै ब्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।

गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल घटेर प्रतिकिलो प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ । कालीमाटी बजार समितिको दैनिक मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ प्रतिकिलो छ । यस्तै, चाइनिज प्याजको मूल्य ६७ रुपैयाँ प्रतिकिलो छ ।

तपाईको बिचार