काठमाडौँ, १५ पौष । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् । फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।
तीमध्ये माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिँदै छ । साबिक स्थानमा रिक्त ३ सिट र एमालेको गुम्ने निश्चित भएको थप ३ सिट पाउने माओवादीले पाउने लगभग निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।
तपाईको बिचार