जसपाले तय गर्यो बैठकका कार्यसूची

जसपाले तय गर्यो बैठकका कार्यसूची

701

काठमाडौँ, १५ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ ।

बैठकमा प्रस्तुत हुने चारवटा विषयसूचि निर्धारण गरिएको छ । जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूचि रहेको छ ।

त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ । सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ । बालकुमारीको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन  सदस्यहरुलाई अनुरोध गरिएको छ ।

तपाईको बिचार