फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

718

काठमाडौँ, १४ पौष । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।

सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ ।

तपाईको बिचार