काठमाडौँ, १४ पौष । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्र, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी आउँदो पुस २० देखि २२ गतेसम्म हुने भएको हो । प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।
राष्ट्रिय स्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलोपटक प्रादेशिक स्तरमा पनि प्रदर्शनीको सुरुवात गरेको नामियाको अध्यक्ष कृष्ण शर्माले बताए ।
प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरू रहनेछन् भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकको छ । कृषक, उद्यमी, व्यवसायी, कृषि विज्ञ, विद्यार्थी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।
तपाईको बिचार