बल प्रयोग समस्याको समाधान होइन: महासचिव पोखरेल

बल प्रयोग समस्याको समाधान होइन: महासचिव पोखरेल

861

काठमाडौँ, १३ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलनकारीलाई बल प्रयोग गर्नु समस्या समाधान नभएको बताउनुभएको छ ।

आज ललितपुरको बालकुमारीमा कोरियन भाषा परिक्षामा सामेल हुन पाउनुपर्छ भन्दै आन्दोलनकारीले भौतिक पुर्वाधारमन्धी प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले चलाएको गोली लागि दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । उक्त घटनमा सरकारले सम्यमता गुमाउनु दुःखद् भएको उल्लेख गर्दै महासचिव पोखरेलले घटनाको निष्पक्ष छानविन गर्न माग गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निष्पक्ष छानविन गर । वालकुमारी घटनाका मृतक प्रति भावपूर्ण श्रध्दान्जली । घाइतेहरुको सिघ्र स्वास्थलाभको कामना ।’

तपाईको बिचार