आन्दोलनमा घाइते अर्का युवाको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

आन्दोलनमा घाइते अर्का युवाको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

695

काठमाडौँ, १३ पौष । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर