सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

743

हेटौँडा, १३ पौष । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् ।

बिहीबारबाट सुरु भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ । बैठकले केन्द्र सरकारलाई तत्काल अधिकार दिन माग गर्ने बुझिएको छ ।

संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ ।

तपाईको बिचार