नेपाल राष्ट्र बैंक ३५ अर्ब तरलता तान्दै

नेपाल राष्ट्र बैंक ३५ अर्ब तरलता तान्दै

695

काठमाडौँ, ९ पौष । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।

पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ ।

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् ।

तपाईको बिचार

सम्बन्धित खबर