काठमाडौँ, ४ पौष । नेकपा (एमाले)का नेता भीम रावलले देशमा सरकार र संसद कहाँ छ भन्दै प्रश्न गरेका छन् ।
नेता रावलले आज सामाजिक सञ्जालमार्फत् देशमा सरकार र संसद कहाँ छ ? राज्यका अधिकार प्राप्त निकायहरू कहाँ छन् ? दलका नेता के गर्दै छन्? मातृभूमी र राष्ट्रिय हितमाथिको यस्तो नांगो हमला देश हाक्छु भन्ने प्रधामन्त्री र दलका नेताहरूलाई थाहा छ कि छैन भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, माथील्लो कर्णाली आयोजनाको हिस्सा भारतीय कम्पनी जीएम्आरले अर्को भारतीय कम्पनीलाई बेच्न लाग्यो रे!यसो गर्नु आयोजना विकास सम्झौताको विरूद्धमा हुन्छ।१५ बर्ष आयोजना ओगटेर सम्झौता अनुसार जीएम्आरले समयमा काम नगरी झण्डै ४ अर्ब हर्जाना नेपाललाई तिर्नुपर्नेमा उल्टै उसले अर्को भारतीय सरकारी कम्पनीलाई हिस्सा बेच्ने भन्नु अत्याचार र नेपाल राज्यको सार्वभौम अधिकारको खिल्ली उडाउनु हो।देशमा सरकार र संसद कहाँ छ?राज्यका अधिकार प्राप्त निकायहरू कहाँ छन्? दलका नेता के गर्दै छन्? मातृभूमी र राष्ट्रिय हितमाथिको यस्तो नांगो हमला देश हाक्छु भन्ने प्रधामन्त्री र दलका नेताहरूलाई थाहा छ कि छैन? सत्ता स्वार्थका लागि विदेशीको दलाली गर्दै राष्ट्रमाथिको अत्याचार र थिचोमिचोलाई बढावा दिने निर्लज्ज कुकृत्य नहोस् !
तपाईको बिचार