कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

885

काठमाडौँ, २ पौष । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ ।

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा  कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ ।

मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

तपाईको बिचार