जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन : उपमहासचिव गुरुङ

जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन : उपमहासचिव गुरुङ

713

तेह्रथुम, ३० मंसिर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् ।

शनिवार तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।  उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए । उनले राजनीतिक रुपले मध्ये पहाड क्षेत्र धेरै उर्बर रहेको पाएको बताए ।

उनले भने, ‘राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ दिइएको छ । जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन ।’

तपाईको बिचार

सम्बन्धित खबर