आजको मौसम

आजको मौसम

721

काठमाडौँ, ३० मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

विज्ञानका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर