एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारको संलग्नता छ : अध्यक्ष ओली

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारको संलग्नता छ : अध्यक्ष ओली

846

तेह्रथुम, २८ मंसिर । नेकपा एमालेका अध्यक्ष एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।

बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए ।

उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए । उनले नागरिकहरुले सरकारको संलग्नत छ भनेपनि सरकार बोल्न नसकेको बताए । अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।

तपाईको बिचार

सम्बन्धित खबर