भोजपुर, २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन् ।
बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनले शासकहरूको गलत स्वार्थ, निजी स्वार्थ, स्वार्थ केन्द्रित राजनीति हुनु र देश र जनता केन्द्रित राजनीति हुन नसक्नु, भिजन र दृष्टिकोण शासकहरूमा हुन नसक्नु नै पछौटेपनको कारण भएको बताए । विकास र पूर्वाधारका लागि दुई वटा कुरा अनिवार्य भएको पनि ओलीको भनाइ छ । उनले विकास प्रेमी सरकार आवश्यक भएको भन्दै आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न नसक्ने बताए । उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा हिँडिरहेको बताए ।
उनले भने, ‘यस्तो उर्वर भूमि अविकसित हुनु, पछाडि पर्नु, यहाँका जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक र सहज कुरो हुँदै होइन । यस कुराका पछाडि शासकीय अयोग्यताबाहेक अरू केही होइन । देशको विकास गर्न शान्ति चाहिन्छ । अर्को एकजुट हुनुपर्छ ।’
मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुग्दै छ ।
तपाईको बिचार