दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज

दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज

701

काठमाडौँ, २८ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणबाट इन्टरनेट (इ(मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो । ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

2023-12-14-12-14-41-gopa-mangsir-28-13-1702516660

तपाईको बिचार