काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दल नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।
संस्थापनइतर समूहले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औं महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन् । अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।
तपाईको बिचार