काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ ।
नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि इतर समूहले आज आफ्नो रणनीति बनाउने नेताहरु बताएँछन् ।
तपाईको बिचार