राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आग्रह

687

काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर्नु पर्ने आयोगले जनाएको छ । मंसिर २४ देखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।

Capture-1701996585.JPG

तपाईको बिचार