बर्दिया, २० मंसिर । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधिअनुसार हिजो मङ्गलवार हात्ती पूजा गरिएको छ ।
निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि जङ्गली हात्तीबाट हुने क्षति कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न भन्दै परम्परागत धार्मिक विधिअनुसार थारु समुदायका गुरुवा (धामीझाँक्री) बाट हात्ती पूजा गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसार पिकनिक मैदानमा हात्ती पूजा गरी हात्तीलाई फलफूल तथा उखु खुवाइएको छ । एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडिएको ठाउँमा हात्ती पूजा गरिएको हाे । थारु समुदायको बसोवास रहेको यस क्षेत्रमा थारु समुदायका गुरुवामार्फत पूजापाठ गरेपछि अशान्ति हट्ने जनविश्वास छ ।
तपाईको बिचार