विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

721

काठमाडौँ, १९ मंसिर । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-२१ जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

उता नुवाकोटको विदुर नगरपालिका-९ रामथोक बस्ने ७० वर्षीया पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर