स्रोत नखुलेको लाखौँ रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित भारतीय नागरिक पक्राउ

781

काठमाडौँ, ११ मंसिर । स्रोत नखुलेको लाखौँ रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने हामित खानलाई आइतबार राति पक्राउ गरेको हो ।

भारत मोतिहारी घर भएका २२ वर्षीय खानलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको बताइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर