काठमाडौँ, ९ मंसिर । अमेरीकाको एल बिश्व बिद्यालयमा हालै सप्पन्न भएको बिश्व युवा बौद्धिक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतिस्पर्धी दक्षिण एशियाली मुलुकहरू मध्य प्रथम स्थान हासिल गर्न सफल भएका छ्न। बिश्व भरबाट करीब ७० देशका ३५००० जना प्रतियोगीले भाग लिएको सो प्रतिस्पर्धामा नेपाली सहभागी अनुरिका गिरिले समग्रमा १२औं स्थान प्राप्त गरेकी छिन।
यस अघि थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बादबिबाद एवम लेखन प्रतियोगितामा तीन वटा स्वर्ण पदक जितेर उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम उच्च राखेकी थिइन। सोही प्रतियोगिता अनुसार अनुरिका गिरी ले काठमाडौंमा भएको छेत्रीय स्तरको प्रतियोगिता मा तीन स्वर्ण जितेर थाइल्यान्डको ग्लोबल राउन्डमा भाग लिन चुनीएकी थिइन ।
थाइल्यान्ड मा भएको ग्लोबल राउन्डमा बिश्वका करीब ६५ देशका १६ हजार भन्दा बढी छात्र छात्रा हरुले प्रतिस्पर्धा गरेका थिए। सो प्रतिस्पर्धामा आफ्नो उत्कृष्ट प्रस्तुती दिदै नेपाली छात्रा अनुरीका गिरि ले तीन स्वर्ण पदक सहित उत्कृष्ट विद्वानको उपाधी समेत जित्न सफल भइन।
सो वादबिवाद एवम लेखन प्रतियोगिताकै उत्कृष्ट हुन सफल भएकोले नेपाली छात्रा गिरि ले अमेरिकामा भएको टुर्नामेन्ट अफ च्याम्पियनस मा भाग लिन छ्नौट भएकि थिइन।प्रतियोगितामा छनौट हुनु अघि प्रत्येक सहभागीहरुले छेत्रीय स्तर र ग्लोबल राउन्डमा उत्कृष्ट हुनुपर्ने थियो सोही अनुरुप नेपाली छात्रा गिरिले भाग लिएकी थिइन।
तपाईको बिचार