आजको मौसम

आजको मौसम

713

काठमाडौँ, ९ मंसिर । हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तसते आज राति सुदूरपश्चिम प्रदेश लगायत देका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेटमा भएको भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर