बुटवल, ८ मंसिर । बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु६१प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ देविनगरका शेखर पोखरेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार