काठमाडौँ, ७ मंसिर । माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश मनोजकुमार डुंगानाको इजलासमा परेको उक्त रिट २८औँ नम्बरमा परेका थियो ।
यसअघि, बुधबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा १६औँ नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो । गत मंगलबार अधिवक्ता भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले निषेधाज्ञा लगाउने आदेश गैरसंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले मंसिर ७ अर्थात् आजका लागि व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ३० दिनसम्म राष्ट्रपति कार्यालय आसपास र माइतीघर मण्डला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियो । उक्त निषेधाज्ञाविरुद्ध अधिवक्ताहरु नेपाल र सिलवालले रिट दायर गरेका हुन् ।
तपाईको बिचार