केपी ओली कप टी-२० क्रिकेट सुरु

केपी ओली कप टी-२० क्रिकेट सुरु

869

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।

तपाईको बिचार